|  

८ दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ एक हजार करोड पार

२७ कात्तिक, काठमाडाैं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वव्यापी बक्स अफिसमा एक हजार करोड भारूभन्दा बढी कमाइ गरेको छ।

बक्स अफिस ट्र्याक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले आठ दिनमा १ हजार ३३ करोड ५५ लाख भारू ग्रस व्यापार गरेको छ। यससँगै ‘रामायण’ एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतीय फिल्मको सूचीमा ११औँ स्थानमा परेको छ।