|  

छठ मनाउन कांग्रेस सभापति थापा वीरगन्ज जाने

२८ कात्तिक, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन वीरगन्ज जाने भएका छन् ।

उनले सोमबार बिहान वीरगन्ज–१० स्थित घडिअर्वा छठघाटमा पुगेर छठीमाई र सूर्य भगवान्को पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम रहेको छ ।

थापा छठको मुख्य दिन आइतबार साँझ काठमाडौं हुँदै सर्लाही पुग्नेछन् । त्यहाँको छठघाटमा पुगेर छठीमाईको दर्शन गरेपछि उनी आइतबार राति नै वीरगन्ज आउनेछन् ।

सोमबार बिहान झिसमिसेमै पत्नीका साथ घडिअर्वा छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिने तथा पूजापाठ गरेपछि उनी काठमाडौं फर्किने छन् ।