|  

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा भेटवार्ता हुने

२८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता चीनमा संयुक्त भेटवार्ता हुने भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले तीन नेताबीच चीनको दक्षिणी सहर सेन्जेनमा भेटवार्ता हुने जानकारी दिएको हो।चीनमा एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन आयोजना हुँदैछ ।

भेटवार्तामा विश्वभर आणविक हतियारको संख्या घटाउने विषयमा छलफल हुने बताइएको छ। त्यसैगरी, इरानसँग सम्बन्धित विषयले पनि प्राथमिकता पाउन सक्ने अनुमान गरिएको छ।

यद्यपि, रुस–युक्रेन युद्धका विषयमा भने छलफल हुने सम्भावना नरहेको बताइएको छ।त्रिपक्षीय भेटवार्ताबारे रुस र चीनले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।