|  

पार्टीको आधिकारिकता विवादमा अदालतले न्याय गर्ने देउवाको विश्वास

२८ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस आफ्नै पार्टी रहेको र अदालतले निष्पक्ष फैसला गर्ने बताए। विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेको विषयमा आफूलाई कुनै जानकारी नदिइएको भन्दै देउवाले असन्तुष्टि जनाए। उनले जेनजी आन्दोलनका क्रममा आफूलाई मार्ने प्रयास भएको र सुरक्षाकर्मीका कारण ज्यान जोगिएको दाबीसमेत गरे।