|  

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ ।

चार दिनसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा व्रतालुहरू दिनभर निराहार व्रत बसी साँझ जलाशय तथा नदी किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

धार्मिक मान्यताअनुसार छठ पर्वमा सूर्यदेवको पूजा आराधना गरे दुःख, दरिद्रता तथा विभिन्न रोगबाट मुक्ति मिल्ने र परिवारको सुख, शान्ति एवं समृद्धि प्राप्त हुने विश्वास छ।

व्रतको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व विधिपूर्वक समापन हुनेछ।