२९ कात्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाहलाई सरकार सञ्चालनमा पूर्ण स्वतन्त्रता दिने र उनले आवश्यक ठानेर चाल्ने कदममा साथ दिने बताएको छ।
चीन भ्रमणमा जानुअघि शनिबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता जगदीश खरेलले सरकारका काममा पार्टीले हस्तक्षेप नगर्ने स्पष्ट पारे। प्रधानमन्त्रीले आवश्यक ठानेर लिने निर्णय र कदममा पार्टीको समर्थन रहने उनको भनाइ छ। गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन, प्रहरी महानिरीक्षक परिवर्तन र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको विषयले पार्टी र सरकारबीच मतभेद देखिएको भन्ने प्रश्नमा खरेलले त्यस्तो अस्वीकार गरे। आईजीपी हटाउने वा राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको पनि उनले बताए।
यस्तै, महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभेद नरहेको दाबी गरे। सरकार वा पार्टीले गलत बाटो लिए सदस्यहरूले प्रश्न गर्न सक्ने भन्दै उनले फरक धारणा आउनुलाई विवादका रूपमा लिन नहुने बताए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar