|  

रवि लामिछानेद्वारा मधेशका मठमन्दिरमा पूजार्चना

२९ कात्तिक, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजाआजा गरेका छन्।

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले आइतबार बिहान प्रसिद्ध जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।

त्यसैगरी उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर तथा महोत्तरीको जलेश्वरनाथ र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा समेत दर्शन तथा पूजाआजा गरेका छन्।