|  

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन तीन प्रहरी अधिकारी दुबई प्रस्थान

२९ कात्तिक, काठमाडाैं । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलको नेतृत्वमा तीन सदस्यीय टोली दुबई प्रस्थान गरेको छ।

नेपाल प्रहरीका सहप्रवक्ता दीपशमशेर जबराका अनुसार टोलीमा एक डीएसपी र एक प्रहरी निरीक्षक पनि छन्। नोभेम्बर १६ देखि १८ सम्म हुने सम्मेलनमा सहभागी हुन यसअघि नै गृहमन्त्री सुदन गुरुङ दुबई पुगिसकेका छन्।