|  

धनुषामा छठघाट कुरेर बसेका पुरुषको ह#त्या

३० कात्तिक, काठमाडौं । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुरेर बसेका एक पुरुषको हत्या भएको छ।

आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सबै घर फर्किएपछि पोखरीमा एक्लै बसेका ६० वर्षीय रामजतन यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । यादव सोमबार बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका थिए ।

उनको दाहिने गालामा मुखदेखि कानसम्म धारिलो हतियारले काटिएको चोट देखिएको प्रहरीले जनाएको छ।घटनास्थलमा प्रहरीको कुकुरसहितको टोली खटिएको छ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ। घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।