३० कात्तिक, काठमाडाैं । वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।
२० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले ब्याजदर परिवर्तन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.९० प्रतिशतमा झारेको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोवल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबि बैंक र एनआईसी एसिया बैंक रहेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकमा औसत ३.९८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.८७ प्रतिशत कायम भएको छ । यसले बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरमा ०.११ प्रतिशत बिन्दुको कमी आएको देखाएको छ । मंसिरका लागि सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत कायम गरेको छ ।
त्यस्तै, नेपाल बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशतभन्दा माथिको ब्याजदर दिएका छन् । बैंकहरूले हरेक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन् । नयाँ ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar