|  

एनपीएलको प्लेअफ समीकरण पूरा, उपाधिका लागि चार टोली भिड्दै

३० कात्तिक,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको छ ।

साविक विजेता लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान बनाएका हुन् । लुम्बिनी पाँच जित, एक हार र एक खेल रद्द हुँदा ११ अंकसहित शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम १० अंकसहित दोस्रो, काठमान्डु आठ अंकसहित तेस्रो र चितवन सात अंकसहित चौथो स्थानमा रहे । अब मंगलबार हुने पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्नेछन् । बुधबार हुने एलिमिनेटरमा काठमान्डु र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम लगातार तीनवटै संस्करणमा प्लेअफ पुग्ने एकमात्र टोली बनेको छ भने लुम्बिनीले उपाधि जोगाउने लक्ष्यसहित अन्तिम चारमा स्थान बनाएको छ ।