|  

‘पाँच पाण्डव’को व्यापार निराशाजनक, १२ हजार टिकट बिक्री

३० कात्तिक,काठमाडौं । प्रदर्शनमा आएको १० दिनमा फिल्म ‘पाँच पाण्डव’ले बक्स अफिसमा ४३ लाख रुपैयाँ मात्रै कमाएको छ ।

कात्तिक २० गतेदेखि प्रदर्शनरत फिल्मको व्यापार अपेक्षाअनुसार हुन सकेको छैन । चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक तथ्यांकअनुसार फिल्मले आइतबारसम्म ४३ लाख ५० हजार ४९३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अवधिमा फिल्मका १२ हजार २९४ टिकट बिक्री भएका छन् ।