|  

दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन

३० कात्तिक,काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम पारदर्शी रूपमा खर्च हुने बताएका छन् ।

उनले कोषको रकम दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषलाई १ करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेपछि मन्त्री पुनले यस्तो बताएका हुन् । उनका अनुसार बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, विद्यालय र अस्पतालको पुनर्निर्माण तथा राहतका लागि रकम खर्च भइरहेको छ । हालैको विपद्बाट ३ देखि ४ खर्ब रुपैयाँसम्मको क्षति भएको अनुमान रहेको भन्दै उनले उद्धार तथा राहतमा मात्रै हेलिकप्टर प्रयोग गर्दा ३० देखि ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको जानकारी दिए ।