|  

आज भारत जाँदै नवनियुक्त राजदूत पाण्डे

१ मंसिर, काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा.निश्चलनाथ पाण्डे आज नयाँ दिल्ली जाँदैछन्।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि उनी दिल्ली जान लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पाण्डे आजै दिल्ली पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। पाण्डे सोमबारमात्रै राष्ट्रपतिबाट राजदूत नियुक्त भएका थिए ।