|  

नक्कली बीएड प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा रोजगार संयोजकविरुद्ध मुद्दा

०१ मंसिर, काठमाडाैं । बाराको फेटा गाउँपालिकामा रोजगार संयोजकका रूपमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार उनले २०७८ जेठ १ गते रोजगार संयोजक पदमा नियुक्ति लिन तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र पेस गरेका थिए। तर त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र प्रमाणीकरण गराउँदा उक्त लब्धाङ्कपत्र गिरीको नभई अर्कै व्यक्तिको भएको पुष्टि भएको आयोगले जनाएको छ। झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी पद प्राप्त गरेको आरोपमा गिरीसँग भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागदाबी गरिएको छ।