०१ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले मानव बेचबिखनको समस्या विदेशमा मात्रै सीमित नरहेको भन्दै नेपालभित्रै भइरहेको बालश्रम, श्रम शोषण र ओसारपसार नियन्त्रण गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले गरिब परिवारका बालबालिकालाई पढाइदिने र राम्रो भविष्य बनाइदिने प्रलोभनमा गाउँबाट सहर ल्याएर होटल, रेस्टुरेन्ट, घर तथा इँटा भट्टामा काम लगाउने गरिएको बताइन् । वैदेशिक रोजगारीको आवरणमा संगठित रूपमा हुने मानव बेचबिखनदेखि देशभित्रकै शोषणसम्म समेट्ने गरी समयानुकूल कानुन बनाउनुपर्ने उनको माग छ । प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयकमाथि मंगलबार प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा भएको छलफलमा उनले यस्तो धारणा राखेकी हुन् । उनले एक वर्षअघि ललितपुरको इँटा भट्टाबाट सल्यानका पाँच बालबालिकाको उद्धार गरेको प्रसंग उल्लेख गर्दै बालश्रमको समस्या अझै नियन्त्रणमा आउन नसकेको बताइन् । वैदेशिक रोजगारीमा पठाउने नाममा दलालले घरमै पुगेर अभिभावकलाई विश्वासमा लिने, राहदानीदेखि हवाई यात्रासम्मको व्यवस्था मिलाउने र विदेश पुगेपछि मात्रै श्रमिकले आफू बेचिएको थाहा पाउने अवस्था रहेको उनको भनाइ थियो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar