|  

हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति

०१ मंसिर, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न भारतबाट ३५० मेगावाट बिजुली आयात गर्ने अनुमति पाएको छ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले डे-अहेड र रियल टाइम बजारमार्फत दैनिक १७ घण्टासम्म प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न अनुमति दिएको हो। अनुमतिअनुसार आगामी १ मंसिरदेखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्न सकिनेछ। भोटेकोशीको हिमबाढीका कारण ४३१ मेगावाट क्षमताका आयोजना प्रणालीबाट विच्छेद हुनु र हिउँदमा आन्तरिक उत्पादन घट्ने अनुमानले आयात आवश्यक देखिएको प्राधिकरणले जनाएको छ। माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट तथा उच्च मागका बेला ८०० देखि ९०० मेगावाटसम्म आयात गर्नुपर्ने प्रक्षेपण छ।

यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा निर्यात गर्न पनि अनुमति पाएको छ।