|  

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

०१ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने भएको छ।

यसअघि शनिबारका लागि तय भएको बैठक स्थायी कमिटीको आजको निर्णयअनुसार एक दिनअघि सारिएको हो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार स्थायी कमिटी बैठकमा आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारीबारे पनि छलफल भएको छ। राष्ट्रिय भेला आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीका लागि आयोजना गर्न लागिएको हो।