|  

एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

२ मंसिर, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटअन्तर्गत आज इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

विजेता टोलीले बिहीबार फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

अंक तालिकामा काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेका हुन्।