|  

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच भेट, के भयो कुराकानी ?

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भेट भएको हो । 
प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको र राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।