|  

एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो आज लाग्दैछ।

दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ।

आजको खेल जित्ने टोलीले उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।