|  

ठगी तथा संगठित अपराधको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

३ मंसिर, काठमाडौं । ठगी तथा संगठित अपराधको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। यस्तै, मन्त्रालयका तत्कालीन सचिव बिनोद केसी, सहसचिवहरू उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

सीआईबीका अनुसार उनीहरूलाई बुधबार काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।