|  

झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

३ मंसिर, काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ स्थित चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमै मृत्यु भएको हो।