|  

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ? 

३ मंसिर, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार ३०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदी तोलामा  ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।