|  

घोप्टेभीरमा पहिरो खस्ने क्रम जारी, मुग्लिन-कुरिनटार सडकमा सतर्कता अपनाउन आग्रह

०३ मंसिर, काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-कुरिनटार सडकखण्डको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम अझै रोकिएको छैन।

पहिरो निरन्तर झरिरहेकाले सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। नागढुंगा-मुग्लिन सडक योजनाका अनुसार पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ। त्यसका लागि आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले यात्रुलाई सतर्कता अपनाउन, हतार नगर्न र ट्राफिक नियम पालना गरेर मात्रै यात्रा गर्न योजनाले आग्रह गरेको छ। केही दिनभित्र सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन खुलाउने गरी काम भइरहेको पनि जनाइएको छ।