|  

भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहदाको प्रमाणपत्र

०३ मंसिर, काठमाडाैं । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले बिहीबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि नयाँ दिल्ली पुगेका पाण्डेले जिम्मेवारी सम्हालेको दुई दिनमै ओहदाको प्रमाणपत्र बुझाएका हुन्। प्रधानमन्त्री शाह आगामी आइतबार दुईदिने भारत भ्रमणमा जाने र सोमबार स्वदेश फर्किने कार्यक्रम छ।