|  

लड्र्समा बंगलादेशसँग भिड्दै नेपाल, जुन ३ मा ऐतिहासिक खेल

०३ मंसिर,काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पत्रकार सम्मेलन गर्दै यसबारे औपचारिक जानकारी दिएको हो।मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेशसँगै आयरल्यान्ड र स्कटल्यान्डविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ। भ्रमणमा नेपालले कुल ६ खेल खेल्नेछ। लड्र्समा बंगलादेशसँगको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक हुनेछ। उक्त मैदानमा पहिलोपटक एकै दिन अन्तर्राष्ट्रिय र घरेलु पुरुष क्रिकेटका खेलसमेत आयोजना हुनेछन्।

यसअघि नेपालले सन् २०१८ मा लड्र्समा एमसीसी र नेदरल्यान्ड्ससँग खेलेको थियो। बंगलादेशले भने यस मैदानमा पहिलोपटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। भ्रमणका सबै खेललाई आईसीसीले आधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको छ।