|  

एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

४ मंसिर, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सनुको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १२ हजार २०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापवाला सुन नेपाली बजारमा प्रतितोला  लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।