|  

‘सक्किगोनी’को चौथो सिजन आउने

४ मंसिर, काठमाडौं ।  लोकप्रिय नेपाली हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’को चौथो सिजन चाँडै प्रसारणमा आउने भएको छ ।

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सिजन आउन लागेको घोषणा गरेका हुन् ।

उनले केही समयको प्रतीक्षापछि दर्शकमाझ ‘सक्किगोनी सिजन ४’ ल्याउन लागिएको जानकारी दिँदै थप अपडेट केही दिनमै सार्वजनिक गर्ने बताएका छन्।

घोषणासँगै उनले नयाँ पोस्टरसमेत सार्वजनिक गरेका छन्। ‘जेपिटी क्रियशन’ प्रस्तुतिमा बन्न लागेको पोस्टरमा चर्चित पात्र पाँडे (अर्जुन घिमिरे)र जिग्री (कुमार कट्टेल)का एनिमेटेड अवतार देखाइएको छ।