|  

विश्वकै ठूलो धार्मिक समूह बन्दै मुस्लिम समुदाय, २०३५ सम्म क्रिश्चियनलाई उछिन्ने प्रक्षेपण

०४ मंसिर, काठमाडाैं । प्यु रिसर्च सेन्टरको जनसाङ्ख्यिक प्रक्षेपणअनुसार सन् २०३५ सम्ममा विश्वभर मुस्लिम धर्मावलम्बीको सङ्ख्या क्रिश्चियनभन्दा बढी हुने देखिएको छ।

मुस्लिम समुदायको तीव्र जनसङ्ख्या वृद्धिका कारण उनीहरू विश्वकै ठूलो धार्मिक समूह बन्ने अनुमान गरिएको हो। प्रतिवेदनअनुसार सन् २०२० देखि २०७० सम्म मुस्लिम जनसङ्ख्या ८० प्रतिशतले बढेर ३ अर्ब ६४ करोड पुग्नेछ भने क्रिश्चियन जनसङ्ख्या ३० प्रतिशतले बढेर २ अर्ब ९६ करोड पुग्नेछ।

मुस्लिम महिलाको औसत प्रजनन दर ३.१ सन्तान रहेकाले जनसङ्ख्या वृद्धिको मुख्य आधार यही रहेको अध्ययनले देखाएको छ। यस अवधिमा बौद्ध धर्मावलम्बी तथा कुनै पनि धर्म नमान्नेहरूको सङ्ख्या भने घट्ने प्रक्षेपण छ।