०४ मंसिर, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्र सम्भव हुने बताउनुभएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको कृषि यान्त्रिकरण प्रदर्शनीलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिव ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको बताउनु भयो । उहाँले उक्त आयातमा खाद्य वस्तुका अतिरिक्त कच्चा खाद्य तेल, पशुआहार तथा पशुधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने भएकाले यसलाई खाद्यान्नको आयात मात्रै भन्न नमिल्ने स्पष्ट पार्नुभयो । तथापि, धान, चामल, तरकारी, फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने ठूलो सम्भावना नेपालसँग रहेको उहाँको भनाइ छ ।
मन्त्री साहले किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन वृद्धि गर्ने प्रविधि, आधुनिक उपकरण र आवश्यक साधन उपलब्ध गराउनुपर्ने बताउनु भयो । परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक तथा प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषि यान्त्रीकरणलाई यसको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्नुभयो । मन्त्री साहले भन्नुभयो,‘ नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छ । भन्सार विभागको उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिव ४ खर्ब ४१ अर्ब पुगेको छ । यसमा खाद्य वस्तुको अतिरिक्त कच्चा खाद्य तेल, पशुआहार तथा पशुधनका लागि आयात गरेको सामग्री समेत समावेश हुन सक्छन् । त्यसैले यसलाई खाद्यान्नको आयात मात्रै भन्न मिल्दैन, तर धान, चामल, तरकारी, फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने ठुलो सम्भावना हामीसँग चाहिँ छ । यसका लागि किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ । आश्वासन होइन, उत्पादन बढाउने साधन चाहिएको छ । परम्परागत खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्छ । त्यसको महत्वपूर्ण आधार कृषि यान्त्रीकरण हो । म यहाँ एउटा कुरा विशेष रूपमा भन्न चाहन्छु, नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका साथीहरूले केवल मेसिनरीका व्यापारी होइन, उहाँहरू नेपालको कृषि रूपान्तरणका अभियन्ता पनि हुनुहुन्छ ।’
उहाँले नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरू केवल कृषि मेसिनरीका व्यापारी मात्र नभई नेपालको कृषि रूपान्तरणका अभियन्तासमेत भएको बताउनु भयो । उहाँले संघका सदस्यहरुले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणमा योगदान दिएको समेत बताउनु भयो । स्वदेशी कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र कृषिलाई उत्पादनमुखी तथा प्रतिष्पर्धी बनाउने अभियानमा सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाई छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar