|  

मंसिर ५ देखि घोप्टेभीर सडक दैनिक पाँच घण्टा बन्द हुने

०४ मंसिर,काठमाडाैं । नागढुंगा-मुग्लिन सडकखण्डको घोप्टेभीरमा पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोकेर पहिरोको जोखिम रहेका ढुङ्गामाटो हटाइनेछ। प्रशासनले यात्रु तथा चालकलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।