०५ मंसिर, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा राक्षसीराज चलिरहेको टीप्पणी गर्नुभएको छ ।
एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले यस्तो टीप्पणी गर्नुभएको हो । राक्षसीराज अझै चलिरहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो । उहाँले आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसराज संचालन गरिरहेको पुष्टी गरेको उहाँको भनाई छ । आफू पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष रहेको व्यक्तिलाई १३ दिन सरकारले विनकारण हिरासतमा राखिएको उहाँले बताउनु भयो । उहाँले पार्टी अध्यक्ष गिरफ्तार परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रेका कार्यकर्तालाई सरकारले दुव्यवहार गरेको आरोप लगाउनु भयो । अब शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरे नेशनल भोलिन्टियर फोर्सले प्रतिवाद गर्ने उहाँको भनाई छ । उहाँले नेशनल भोलिन्टियर फोर्स देखाउनका लागि मात्रै गठन नगरेको उल्लेख गर्नुभयो । नेशनल भोलेन्टियर्स फोर्स आफै निहँु नखोज्ने र कोही निहुँ खोज्न आए चुप लागेर नबस्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘नेशनल भोलिन्टियर फोर्स देखाउनका लागि मात्रै होइन, यो कामका लागि हो, परिवर्तनका लागि हो र यो अत्यन्तै अत्यन्तै शान्तिपूर्ण फोर्स हो । शान्ति स्थापनाका लागि यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो । यो लड्ने–भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो । तर मान्दैन भने मान्दैन भने के गर्ने ? आक्रमण गर्न आउँछ भने के गर्ने ? हमला गर्छ भने के गर्ने ? अस्ति नै हामीले देख्यौँ । हाम्रो पार्टीका अध्यक्ष गिरफ्तार गर्दा युवाहरू सडकमा निस्किनुभयो, जनता सडकमा निस्किनुभयो । त्यसबेला कानुनभन्दा माथि नेपाल सरकारको आदेश भयो, शान्तिपूर्ण ढङ्गले सडकमा निस्किएका युवाहरूलाई, नेताहरूलाई समेत निर्दयताका साथ आक्रमण गर्ने, लाठी प्रहार गर्ने, झोले भनेर अपमान गर्ने र यिनलाई कुटेर आनन्द आयो, मज्जा आयो आज भनेर भन्ने, त्यो दृश्य देखियो । त्यतिबेला हामीले त्यस प्रकारको दमनको परिकल्पना गरेका थिएनौँ र त्यस प्रकारको दमन हुन्छ भन्ने परिकल्पना नगरेको हुनाले हाम्रो तयारी पनि त्यसको प्रतिवाद गर्ने थिएन । हामीलाई त्यसबाट शिक्षा मिलेको छ । हामी शान्तिपूर्ण मात्रै आन्दोलन गर्छौँ । हाम्रा नेतालाई चलायो भने, अन्यायपूर्ण ढङ्गले चलायो भने, अन्यायपूर्ण ढङ्गले चलायो भने चुप बस्दैनौ । अन्यायपूर्ण ढंगले चलाउँछ भन्ने कुरा त स्पष्ट भयो त । पछि मुद्दा चलाउन पनि सकेन । १३ दिन किन थुनेको ? जङ्गली राज हो यो ? मनपरी तन्त्र चलाउन पाउने ठाउँ हो ? १३ दिन पूर्व प्रधानमन्त्री भइसकेको एउटा पार्टी अध्यक्षलाई जसले ६० वर्ष यस देशका लागि काम गरेको छ, योगदान गरेको छ, जेलनेल सहेको छ, यातना सहेको छ, त्यस्तो नेतालाई अकारण गिरफ्तार गरेर हिरासतमा किन लियो ? किन राखेको ? यो जङ्गलीराज मात्रै होइन, यो राक्षसी राज भयो । यदि राक्षसी राज संधै चलाउन खोज्छ भने अब नेपाली जनता, अब युवाहरू, अब नेशनल युथ फोर्स चुप लागेर बस्दैन । हामी निहुँ खोज्न जाँदैनौँ । हामी कहिल्यै पनि भिडन्त खोज्दैनौँ । हामीसँग तागत नभएर होइन । तागत छ भन्दैमा एउटा खेलाडीले, एउटा पहलवानले मुक्का–मुक्का हान्दै हिँड्दैन । उसै माथि प्रहार ग¥यो भने फर्काउन बाध्य हुने अवस्था हुन्छ । हामी आफ्नो शक्ति विस्तारमा लागौँ । आफ्नो शक्ति राष्ट्रव्यापी रूपमा विस्तार गरौँ र सुदृढ गरौँ । कुनै पनि प्रकारका बेथितिहरू देशभित्र हुन नपाऊन्, त्यसमा सजग गराउने काम हाम्रो हो, बेथिति रोक्ने काम हाम्रो हो र हामीले रोकाएर छोड्नुपर्छ ।’
उहाँले नेशनल युथ फोर्सलाई संगठन विस्तारसँगै राष्ट्रव्यापी रूपमा सुदृढ र परिणाममुखी बनाउन समेत निर्देशन दिनुभयो । साथै उहाँले देशभर हुने बेथिति रोक्न र गलत गतिविधिविरुद्ध खबरदारी गर्न फोर्स सक्रिय हुनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar