०६ मंसिर, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रिय महाविधेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह गरिन् । मन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो । उनले हिन्दु समुदायका पक्षमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको बताइन् । उनले गौहत्या, गौतस्करी तथा हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा सडकमा उत्रिएर विरोध र खबरदारी गर्नुपर्ने बताइन् ।
उनले भनिन, ‘गुरुवर्गहरुले अब मठ-मन्दिरमा आएकाहरुलाई यहाँहरुले समान व्यवहार गर्नुपर्छ । सबै आस्था वा अनास्था लिएर आएका हुन्छन्, धर्मनिरपेक्षवादी दलका मान्छेहरु पनि लिएर आएका हुन्छन् । फूलमाला पहिर्याउनुस्, स्वागत गर्नुस्, पुजापाठ गराइदिनुस्, तर तपाईँहरुको पनि जिम्मेवारी छ, हाम्रो हिन्दू राष्ट्र खोई ? भनेर मठ–मन्दिरमा आउने नेताहरुलाई गुरुवर्गहरुले अब प्रश्न तेस्र्याउनुपर्छ । अस्ति छठको कार्यक्रममा हेर्नुस् त, कस्तो सनातनीहरुको देश हो यो, छठको साँझ छठको घाट भत्काइयो । तर त्यही समयमा देशका शीर्ष सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका सबै नेताहरु, वरिष्ठ नेताहरु तराईमा थिए । तर कसैले, न नागरिकले, न गुरुवर्गहरुले प्रश्न सोध्नुभयो, यो किन भयो भनेर ? हामीले आफ्ना कमजोरीहरु पनि औंल्याउनुपर्ने समय आएको छ । म यो सङ्गठनलाई पनि भन्न चाहन्छु, हामीले विश्वास गुमाएका छौँ, सनातनीहरुको । यस्तै समयमा हामी चुकेका छौँ । हिन्दुहरुको पक्षमा उभिन हामी कहिले काहीँ चुकेका छौँ । अबको यो सङ्गठनले र राप्रपाले पनि गौहत्या हुँदाखेरि कहिले पनि मौन त बसेको छैन, तर अब हामी सडकमा आउनुपर्छ । गौहत्या हुँदाखेरि हामी सडकमा आएर प्रश्न सोध्नुपर्छ, गौतस्करी हुँदाखेरि हामीले त्यसको विरोधमा सडक आउनुपर्छ, हिन्दुहरुको हत्या हुँदाखेरि हामी खुलेर आवाज उठाउनुपर्छ । अबको सङ्गठनले हिन्दूहरुको व्यावहारिक रुपमै रक्षा गर्नको लागि आवाज उठाउनुपर्छ । हाम्रो यही समयमा यही कालमा हिन्दू राष्ट्र स्थापना गर्न सकियोस् । यहाँहरुको आवाज हामी सदनमा राखेर निरन्तर आवाज उठाइराख्छौँ । यहाँहरुले सदन बाहिरबाट हामीलाई सहयोग गर्दिनुहुन अपिल गर्दछु ।’
उनले हिन्दु राष्ट्र स्थापनाका लागी राप्रपाले संसदमा आवाज उठाउने र संसदबाहिर धार्मिक गुरुहरूले आवाज उठाउनुपर्ने बताइन् । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar