०६ मंसिर, काठमाडाैं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताएका छन् ।
आईतवार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गर्दै उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिवद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताएका हुन् । सभामुख अर्यालले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए । नयाँ राजनीतिक शक्तिका लागि यो ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उनको भनाइ छ । उनले राज्यसँग साधन र स्रोत सीमित भएपनि उपलब्ध स्रोतको पारदर्शी र प्रभावकारी परिचालन गर्नसके विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने बताए ।
सभामुख अर्यालले साहित्यकारहरूले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए । व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उनले बताए । नीति निर्माता तथा जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा पनि उनले जोड दिए ।उनले भने,‘व्यवसाय हुँदै राजनीतिमा प्रवेश गरेको मैले देश र जनताको सेवाका लागि सार्वजनिक जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु । २०८२ भदौ २३ र २४ गतेको घटनापछि नेपाली राजनीतिमा आएको परिवर्तनले नयाँ राजनीतिक शक्तिलाई ठूलो जिम्मेवारी दिएको छ । जनताको अपेक्षा र विश्वासअनुसार इमानदारी, पारदर्शिता र जवाफदेहिताका साथ काम गर्नु आजको आवश्यकता हो । सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको भावना सम्बोधन गर्ने कानून निर्माण गर्न सबैको सहकार्य आवश्यक छ । साहित्यले समाजका समस्या, विकृति र नागरिकका भावनालाई जीवन्त रूपमा प्रश्तुत गर्ने भएकाले साहित्य र साहित्यकारप्रति मेरो उच्च सम्मान छ । आठौँ बाह्रखरी कथा प्रतियोगिताको उत्कृष्ट २५ मा पर्न सफल सम्पूर्ण कथाकारहरूलाई हार्दिक बधाई तथा विजेताहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु । नेपाली साहित्यको विकास र समाजको सकारात्मक रूपान्तरणमा यहाँहरूको सिर्जनशील योगदान निरन्तर रहिरहोस् ।’
उनले प्रतियोगिताका उत्कृष्ट २५ कथाकारसहित प्रथम, द्वितीय र तृतीय हुने स्रष्टाहरूलाई बधाई दिँदै नेपाली कथा साहित्यको विकासमा निरन्तर योगदान पु¥याउन शुभकामना व्यक्त गरे ।– न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar