०६ मंसिर, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पुँजीवादी व्यवस्था संकटमा पर्दै गएको र विश्वभर कम्युनिस्ट तथा समाजवादी विचारप्रति आकर्षण बढिरहेको दाबी गरेका छन्।
चितवनको भरतपुरमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको छैटौँ साधारण सभा तथा अन्तरक्रियामा उनले नेपालमा भने बदलिँदो समाज र वर्ग संरचनाअनुसार आफूलाई रूपान्तरण गर्न नसक्दा कम्युनिस्ट जनमत खुम्चिएको बताए। कुनै समय दुई तिहाइसम्म पुगेको कम्युनिस्ट जनमत अहिले १५-१६ प्रतिशतमा सीमित हुनुमा पार्टीहरूको विचार, संगठन र कार्यशैली समयअनुसार अद्यावधिक हुन नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ।
पुनले वामपन्थी शक्तिबीच एकता सम्भव नभए पनि चुनाव, संसद्, सरकार र सडक संघर्षमा कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar