०६ मंसिर,काठमाडाैं । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा हिमाल तथा जलवायु परिवर्तनका विषयमा दुई वर्षे कार्यक्रम सञ्चालन गर्ने सहमति जुटेको छ।
सहमति औपचारिक रूपमा पारित भए हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले पहिलोपटक राष्ट्रसङ्घीय जलवायु वार्तामा छुट्टै स्थान पाउनेछन्। प्रस्तावित कार्यक्रमले जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता निर्माण, तथ्याङ्क तथा अवलोकन र पूर्वसूचना प्रणाली सुदृढीकरणमा जोड दिनेछ।
साथै कोप-३२ मा हिमाल र जलवायु परिवर्तनबारे उच्चस्तरीय संवाद गर्ने तथा त्यसको निष्कर्ष कोप-३३ मा पेस गर्ने सहमति भएको छ। यद्यपि, यो निर्णय सम्मेलनको समापन पूर्ण बैठकबाट औपचारिक रूपमा पारित हुन बाँकी छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar