|  

शिक्षण शुल्क पुनरावलोकन नभएसम्म मेडिकल कलेजले विद्यार्थी भर्ना नगर्ने

०६ मंसिर, काठमाडाैं । निजी मेडिकल तथा डेन्टल कलेजहरूले शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रिया पारदर्शी नभएसम्म स्नातक र स्नातकोत्तर तहमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन्।

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगलाई भर्ना प्रक्रिया अघि नबढाउन आग्रह गर्दै सिट निर्धारणका आधार र मूल्याङ्कन विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरेको छ। एसोसिएसनका अनुसार शैक्षिक वर्ष २०७८/७९ देखि शुल्क पुनरावलोकन भएको छैन, तर सञ्चालन खर्च र मुद्रास्फीति बढेको छ। वास्तविक लागतका आधारमा शुल्क समायोजन नभएसम्म पीजीको म्याचिङ र यूजी भर्ना प्रक्रिया अघि बढाउन नसकिने उसको भनाइ छ।

साथै शुल्क तथा सिट पुनरावलोकनका लागि सम्बन्धित निकायसहित संयुक्त बैठक बोलाउन माग गरेको छ।