|  

धरानबाट ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालक पक्राउ

०६ मंसिर, काठमाडाैं । सुनसरीको धरानमा प्रहरीले ४९९ किलो तयारी गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय अजयकुमार साह रहेका छन्। धरानबाट इटहरीतर्फ जाँदै गरेको बीआर ११ वाई ३०३९ नम्बरको गाडीलाई शनिबार राति सेउती पुलमा जाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। सोही राति दुहवी नगरपालिका-७ बाट २१ किलो ९८० ग्राम गाँजासहित धरानका २१ वर्षीय गौरव राई पनि पक्राउ परेका छन्।