|  

प्रधानमन्त्री बालेनलाई मोदीको अंकमाल 

७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा अंकमाल गरेर स्वागत गरेका छन् ।

गार्ड अफ अनर ग्रहण गर्न सोमबार बिहान राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन् ।

गाडीबाट ओर्लिनेबित्तिकै मोदीले प्रधानमन्त्री बालेनलाई अंकमाल गर्दै स्वागत गरेका थिए । त्यसपछि भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर प्रदान गरेको थियो ।

प्रधानमन्त्री नियुक्त भएपछि बालेन र भारतीय प्रधानमन्त्री मोदीबीच भएको यो पहिलो भेट हो ।