|  

सुनसरीमा गुडिरहेको कारमा अचानक आगलागी

७ मंसिर, काठमाडौं । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ ।

सोमबार बिहान पाँच जना सवार पेट्रोल कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगो तीव्र गतिमा फैलिँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको छ । गाडी पूर्ण रूपमा ध्वस्त भए पनि त्यसमा सवार पाँचै जना भने सकुशल रहेको बताइएको छ ।

आगलागीबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ ।