|  

अयोध्या-जनकपुर रेलको शुभारम्भ 

७ मंसिर, काठमाडौं ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका छन् ।

यो सँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामको लागि प्रस्थान गर्नेछ । सरयू कमला एक्सप्रेसको १७ डब्बा रहेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन जारी छ ।