|  

नेपालबिना हाम्रो धाम पनि अधुरो छः मोदी

७ मंसिर, काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच केवल छिमेकी देशको मात्र सम्बन्ध नभई दुवैको इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग जोडिएको बताए ।

सन् २०१८ मा गरेको आफ्नो जनकपुर भ्रमणको स्मरण गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान् राम र माता सीतासँग पनि जोडिएको बताए । जनकपुरलाई माता सीताको जन्मस्थल मानिन्छ भने अयोध्या भगवान् रामको नगरी हो।

दुवै स्थानको धार्मिक र सांस्कृतिक महत्त्व एकअर्कासँग जोडिएको छ। यही सम्बन्धको चर्चा गर्दै मोदीले भने, ‘नेपालबिना हाम्रो धाम पनि अधुरो छ।‘