|  

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण

०७ मंसिर, काठमाडाैं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेपछि परियोजना हस्तान्तरण गरिएको हो। यसैक्रममा सिलिगुडी–झापा पेट्रोलियम भण्डारण टर्मिनलको पनि शिलान्यास गरिएको छ। करिब १२ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। यी पूर्वाधार निर्माणपछि इन्धन ढुवानी खर्च घट्नुका साथै नेपालको ऊर्जा सुरक्षा र आपूर्ति प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको छ।