|  

बालेनको भारत भ्रमणले मधेसको गौरव बढाएको सीके राउतको टिप्पणी

०७ मंसिर, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई मधेस, मधेसी समुदाय र युवा पुस्ताका लागि ऐतिहासिक उपलब्धि बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले मधेसी समुदायबाट प्रधानमन्त्री बनेका बालेनले अन्तर्राष्ट्रिय स्तरमा मधेसको पहिचान र राजनीतिक आत्मविश्वास बढाएको उल्लेख गरेका छन्। यसले मधेसलाई अन्तर्राष्ट्रिय शक्तिहरूले हेर्ने दृष्टिकोणसमेत बदल्ने उनको विश्वास छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनुका साथै विभिन्न विकास आयोजना उद्घाटन र शिलान्यास गरिएको थियो।