|  

उपत्यकामा २४ घण्टामै ७७४ सवारीचालक कारबाहीमा

०८ मंसिर, काठमाडाैं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१, तीव्र गतिमा चलाउने १२६, सिसिटिभीबाट पहिचान भएका ३५ र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २० जना छन्। त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने, सवारीको अवस्था ठीक नराख्ने तथा अन्य नियम उल्लङ्घन गर्ने चालकसमेत कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित चेकजाँच तथा निगरानी जारी राखेको जनाएको छ।