|  

काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ

९ मंसिर, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

उनीहरूको साथबाट २ हजार ३४८ ग्राम (२ किलो ३४८ ग्राम) सुन बरामद गरिएको हो।

दुवै महिला क्याथे प्यासेफिक एयरलाइन्सको उडानमार्फत गएराति काठमाडौं आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ।