०९ मंसिर, काठमाडाैं । काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधवार बिहान स्कुलको शिलान्यास गर्नुभएको हो । वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताउनु भयो । अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले शारीरिक अशक्तता भएकै कारणले शिक्षा लगायतको अधिकारबाट वञ्चित रहने बालबालिका धेरै रहेको भन्दै उनीहरुलाई सरकारले अधिकार दिनुपर्ने बताउनु भयो । महानगरले सबैको साझा सपनामा एउटा इँटा थप गर्ने काम मात्रै गरेको उहाँको भनाइ छ । काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ । यस बेला महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीहरूको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकहरुको सहायताका लागि बहुउपयोगी हुने उहाँको विश्वास छ । डंगोलले भन्नुभयो, ‘हरेक बालबालिकाले पढ्न पाउने अधिकार छ । हरेक बालबालिकाले खेल्न पाउने अधिकार छ । हरेकले अवसर प्राप्त गर्ने, सँगै सम्मानपूर्वक बाँच्न पाउने हरेक बालबालिकाको समान अधिकार छ । तर यो भनिरहँदा पनि अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुने बालबालिका अझै पनि हाम्रै समाजमा छ । अझै पनि धेरै त्यस्ता बालबालिका हुनुहुन्छ, जो शिक्षाबाट वञ्चित हुनुहुन्छ । तर अटिजम लगायतका अरु इन्टिलेचल, फिजिकल डिजिबिलेटी यसका वाधक हुनुहुँदैन भनेर हामी सबैले परिकल्पना गरेको शहर हो काठमाडौं । देशको हरेक कुना काप्चामा पनि यो अधिकार प्राप्त गर्नका लागि फिजिकल इन्फास्ट्रक्चरदेखि हरेक व्यवस्था तय होस् भनेर हामीले साझा सपना बोकेका छौँ । साझा सपनाको लागि आज एउटा महत्वपूर्ण शुरुवात गरेका छाँै । काठमाडौं महानगरपालिकाले आज काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एण्ड रिसर्च सेन्टरको शिलान्यास गर्नुको अर्थ यो भवनको शिलान्यास मात्र गरेको होइन । यसमा हामी सबैले कल्पना गरेको मानवताको शहर, करुणाको शहरमा एउटा इँटा थप्ने काम भएको हो ।’
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५० दशमलव ८० वककर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्व तर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ । १७ मिटर उचाइको ५ तले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन् । ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार ५ सय वर्गफिटको हुनेछ । भवनको भुमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ । जमिन तलामा खुला भाग, भ¥याङ् र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन् । चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ । पाँचौँ तलामा बार्दली हुनेछ । जमिन तलामा खेल्ने खुला भाग हुनेछ । लिफ्ट ८ जना क्षमताको हुनेछ । शौचालय तथा कोठाहरु पहुँचयुक्त हुनेछन् ।
भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो । २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । भवनको डिजाइन सार्वजनिक निर्माण विभागबाट भएको हो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar