|  

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

०९ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति र विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय कार्यसमिति तथा महाधिवेशनबाट पारित विधान अद्यावधिक गर्ने निर्णय आयोगले मंगलबार गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले आवश्यक कागजातसहित अद्यावधिकका लागि निवेदन दिएको थियो। कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गरेको थियो। राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी परिवर्तन भए त्यसको विवरण निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।