|  

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

०९ मंसिर, काठमाडाैं । सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन आवश्यक नदेखिएको ठहर गरेको हो। अदालतले उक्त विषयमा अन्तिम सुनुवाइका क्रममा निर्णय गर्ने जनाएको छ। गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उनको स्थानमा डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरिएको थियो।